चिप्ले भिन्डी खानुहुन्छ ? यस्तो छ फाइदा

चिप्ले भिन्डी खानुहुन्छ ? यस्तो छ फाइदा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २८ भदौ ।

चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडिज फिङ्गर अर्थात् चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको विषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।

२. भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

३. भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ ।

४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्‍याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईंलाई एनीमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

६. यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।
     (एजेन्सीको सहयोगमा)

Skip This
Logo