काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २१ भदौ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय भएको समाचार स्रोतले बताएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वीकृति नलिई अस्पताल सञ्चालन गरेको, अस्पतालको पूर्वाधार पूरा नभएको प्रतिवेदन जानकारी त्रिविलाई गराएको थियो।

यसअघि त्रिविले नेसनललाई दिइएको सम्बन्धन स्थगन गर्ने निर्णय गत शनिबार गरेको थियो।

त्रिविले गठन गरेको तीन सदस्यीय समितिले बुधबार बिहान घट्टेकुलोस्थित काठमाडौं नेसनल शिक्षण अस्पतालको आकस्मिक निरीक्षण गरेको थियो । सो क्रममा अस्पतालमा बिरामी, डाक्टर र प्रशासनका कर्मचारी कोही पनि भेटिएका थिएनन्।

त्रिवि कार्यकारी परिषदले सो शिक्षण अस्पताललाई साउन १२ गते सम्बन्धन दिएको थियो। स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको र मापदण्ड पनि पूरा नगरेको सुनसान अस्पताललाई सम्बन्धन दिएपछि सर्वत्र विरोध भइरहेको थियो।

डा गोविन्द केसीले काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज नभए आजबाट आमरण अनसन गर्ने चेतावनी दिएका थिए।

Logo