नेपालमा २ हजार ३६४ संक्रमित थपिए, १७ जनाको मृत्यु

नेपालमा २ हजार ३६४ संक्रमित थपिए, १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज २ हजार ३ सय ६४ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ३८ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण ९ हजार ७ सय ६९ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख १९ हजार ६४ रहेको छ । आज ३८ हजार ९५२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo