काठमाडौं ।
काठमाडौं उपत्यकामा आज ८४३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ६ सय ९६ जना, भक्तपुरमा २९ र ललितपुरमा ११८ नयाँ संक्रमित थपिएका हुन् । यससँगै, उपत्यकामा कूल संक्रमितको संख्या ५७ हजार २१३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । आज १ हजार ९५४ जना थपिएका छन् ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ९८१ छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ ।
आजको पिसिआर परीक्षण ८ हजार २ सय ४८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ९ हजार २९५ रहेको छ । आज ३९ हजार ६४३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
प्रतिक्रिया