नेपालमा आज ११९ जना संक्रमित थपिए

नेपालमा आज ११९ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । आज ११९ जना थपिएका छन् । यस्तै आज निको हुनेको संख्या २६० भएसँगै निको हुनेको कूल संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।  

आज ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।  

आज सक्रिय संक्रमितको संख्या १ हजार ८१५ रहेको छ । आजसम्म २० लाख ९३ हजार ४१७ जनाको पिसिआर परीक्षण गरिएको छ । आज काठमाडौं उपत्यकामा ५५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

Logo