महानवमी पर्व मनाइयोदेखि उपचार गर्न नसक्ने संक्रमितको निःशुल्क उपचार गराउन निर्देशनसम्म (भिडियो)

महानवमी पर्व मनाइयोदेखि उपचार गर्न नसक्ने संक्रमितको निःशुल्क उपचार गराउन निर्देशनसम्म (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरु मध्ये आज बडा दशैंको नवौं दिन अर्थात महानवमी पर्व । हिन्दु धर्मावलम्वीहरुले भव्यताका साथ मनाएका छन् । तर हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भने यो वर्ष कोरोनाको प्रभावका कारण खोलिएन ।

प्रत्येक वर्ष शारदीय नवरात्रको फूलपातीदेखि महानवमीसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । तर यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण राजधानीका अधिकांश मन्दिरहरु बन्द छन् ।

कोभिड १९ का विरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेहरुलाई उपचार सेवाबाट वञ्चित गर्ने गरेको र अस्पतालहरुले रकम जम्मा गर्नका लागी बाध्य बनाएको जनगुनासो आएपछि सरकारले उपचार खर्च तिर्न सक्ने अवस्था नभएका बिरामीहरुलाई निःशुल्क उपचार गर्न विभिन्न अस्तपालहरुलाई निर्देशन दिएको छ । त्यस्तै उपचारमा ढिलाई हुँदा विरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुनुपर्ने बताईएको छ ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानलाई प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब रहेको छ । राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ ।

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरि भएको आत्मघाती आक्रमणमा भएको छ । उक्त आक्रमणमा परि मृत्यु हुनेको संख्या ३० पुगेको छ । त्यस्तै तालिबानीहरुलाई कारबाही गर्न गरिएको अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिएका छन् । भिडियो :

 

Skip This
Logo