काठमाडौं उपत्यकामा आज १ हजार १०१ नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार १०१ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १ हजार १०१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ८ सय २३ जना, भक्तपुरमा १०२ र ललितपुरमा १७६ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ५५ हजार ३६, ललितपुरमा ७ हजार ७२७ र भक्तपुरमा ५ हजार २०३ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ६७ हजार ९६६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । आज २ हजार २२५ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८४६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १३ हजार ८४६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ८० हजार ८६२ रहेको छ । आज ४६ हजार ५७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Logo