गण्डकी प्रदेशमा २४ घण्टामा ८६ जना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा २४ घण्टामा ८६ जना सङ्क्रमित थपिए


कास्की ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा ३४६ जनाको कोरोना परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा २४ घण्टा अवधिमा ४० जना सङ्क्रमित निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार १७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा सङ्क्रमणका कारण हालसम्म कुल ५८ जनाको मृत्यु भएको छ । त्यस्तै तीन हजार ७१९ जना निको भएको र सक्रीय सङ्क्रमितको संख्या दुई हजार ३९६ पुगेको निर्देशनालयले जनाएको छ ।

Logo