इन्डियन आईडलमा कोरोना : होस्ट आदित्यपछि प्रतिस्पर्धी पवनदीप संक्रमित

इन्डियन आईडलमा कोरोना : होस्ट आदित्यपछि प्रतिस्पर्धी पवनदीप संक्रमित


पछिल्लो समय भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढ्दो छ । यसैबीच भारतीय चर्चित रियालीटि शो ‘इन्डियन आईडल’ पनि अछुतो रहन सकेको छैन ।  हाल इन्डियन आईडल सिजन १२ सञ्चालन भइरहेको छ । यसै शोको सेटमा पनि कोरोनाको प्रवेश भएको छ ।

इन्डियन आईडल सिजन १२ का कार्यक्रम सञ्चालक आदित्य नारायण झा अघिल्लो साता कोरोना संक्रमित भएका थिए । आदित्यपछि शो कै सबैभन्दा लोकप्रिय प्रतिस्पर्धी पवनदीप राजन पनि कोरोना संक्रमित भएका छन् । उनमा कोरोनाको केही लक्षण देखिएपछि परिक्षण गराइएको थियो । पवनदीपको सकारात्मक नतिजा आएपछि अन्य प्रतियोगीहरु, निर्णायक मण्डल र शोका अन्य चालक दल सदस्यहरुमा पनि परिक्षण गरिएको छ । उनीहरुको परिक्षण  नतिजा भने आउन बाँकी छ । पवनदीप संक्रमित भएपछि इन्डियन आईडलको टीममा चिन्ता बढेको छ । तर, अरुमा कुनै लक्षण देखिएको छैन । 

भारत उत्तरखण्डका पवनदीप अहिले मुम्बईको होटेलमा क्वारेन्टाइनमा बसिरहेका छन् । गत हप्ता ६६ बर्षीया सदाबहार अभिनेत्री रेखा शोमा पाहुनाका रुपमा उपस्थित भएकी थिइन् । पवनदीपले रेखासँग लामो समयसम्म प्रर्दशन समेत गरेका थिए ।

अब आगामी कार्यक्रममा पवनदीपले आफ्नो प्रर्दशन भर्चुअलमार्फत गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । महाराष्ट्रमा बढ्दो कोरोनाको कारणले गर्दा अधिकांश भारतीय रियालीटि शोका प्रतिस्पर्धीहरु जोखिममा रहेका छन् । 

Logo