काभ्रेमा ह्वात्तै घट्यो कोरोना संक्रमणदर, आज ५ जना मात्र थपिए

काभ्रेमा ह्वात्तै घट्यो कोरोना संक्रमणदर, आज ५ जना मात्र थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

दैनिक ३० देखि ५८ जनासम्म नयाँ संक्रमित थपिने गरेको काभ्रे जिल्लामा आज भने यो दर ह्वात्तै घटेको छ । शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएकामा शनिबार यो संख्या ५ जनामा सिमीत रहेको बताइएको छ । नयाँ थपिएका ५ जनासँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २१० पुगेको छ ।

गत हप्ताको शुरु आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिए थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिएको जिल्लामा शुक्रबार ३७ जना थपिएका थिए।

जसमध्ये ६५३ जना निको भएका छन् । जिल्लामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ४ र नमोबुद्धका १ जना रहेका छन् । आज बनेपाका ७३ वर्षिय पुरुषको भने मृत्यु भएको छ ।

Logo