झापामा कोरोनाबाट हालसम्म १३ जनाको मृत्युः सक्रिय संक्रमितको संख्या ३२१

झापामा कोरोनाबाट हालसम्म १३ जनाको मृत्युः सक्रिय संक्रमितको संख्या ३२१

केन्द्रबिन्दु
0
Shares

झापा।

झापामा कोभिड–१९ को सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष छन् ।

स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईँका अनुसार उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो । कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षणका क्रममा असोज २७ गते उनमा कोरोना पोजेटिभ देखिएको उनले बताए । “सास फेर्न गाह्रो भएपछि बिएण्डसीमा उपचारका लागि राखिएको थियो”, उनले भने, “उपचारकै क्रममा निधन भएको हो ।” यससँगै झापामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

यता झापामा शुक्रबार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ स्थानीय तहका आठ महिला र २२ पुरुषमा कोरोना पुष्टि भएको चौलागाईंले जानकारी दिए।

भद्रपुरमा सात, बिर्तामोडमा नौ, अर्जुनधारामा तीन, कनकाई, कमल र शिवसताक्षीमा एक, एक, दमकमा चार तथा बुद्धशान्ति र गौरादहमा दुई, दुई जनामा कोरोना पुष्टि भएको हो । यससँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २५० पुगेको छ। निको हुनेको सङ्ख्या ९१६ छ । जिल्लामा ३२१ सक्रिय सङ्क्रमित छन् । जिल्लामा हालसम्म २८ हजार ४६३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Logo