गण्डकी प्रदेशमा आज ३० सैनिकसहित ६२ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा आज ३० सैनिकसहित ६२ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

गण्डकी प्रदेशमा आज बिहान थप ६२ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६२ जना संक्रमितहरु थपिएका हुन् । जस मध्ये बाग्लुङका ३६ जना, कास्कीका २१ जना र लमजुङका ५ जना रहेका छन् ।

आज बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकामा २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाली सेनामा कोरोना देखिएको छ । यस्तै अन्य मध्ये २ पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत छन् ।

गण्डकी प्रदेशमा हालसम्म ४ हजार ७५३ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३ हजार २२७ जना निको भएका छन् ।

Logo