विराटनगर ।
प्रदेश नं. १ मा शुक्रबार ४८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये १४९ महिला र ३३६ पुरुष रहेका छन् । केही दिनदेखि लगातार सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
थपिएका सङ्क्रमितमा मोरङमा २३० मध्ये विराटनगरमा १५२, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा सात, संखुवासभामा छ, उदयपुरमा पाँच, भोजपुर र ताप्लेजुङमा चार/चार, खोटाङमा दुई, तेह्रथुम र ओखलढुङ्गामा एक, एक र प्रदेश बाहिरका ३९ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ३४१ पुगेको छ भने अहिलेसम्ममा चार हजार ७७४ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४४३ जनासहित अहिलेसम्ममा एक लाख ३४ हजार ७७३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया