काभ्रे ।
काभ्रे जिल्लामा बुधबार एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ८७४ पुगेको छ । मंगलबार पनि ५६ जना थपिएका थिए ।
जस मध्ये ५३२ जना निको भएका छन् । जिल्लामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका १८ जना, पनौतीका ४ जना, बनेपाका १४, पाँचखालका ४ जना, मण्डनदेउपुरका ३, नमोबुद्धमा ३ र रोशी गाउँ पालिकाका ४ जना रहेका छन् ।
































प्रतिक्रिया