कोरोनाबाट चितवनमा थप दुई जनाको मृत्यु

कोरोनाबाट चितवनमा थप दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवनमा मंगलबार साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको साँझ ६ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालले असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको मंगलबार साँझ ६ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

Logo