राखेपको समन्वयमा अधिकांश खेलाडीलाई कोरोना खोप

राखेपको समन्वयमा अधिकांश खेलाडीलाई कोरोना खोप

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफूले समन्वय गरेर अहिलेसम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको बताएको छ । 

राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सय भन्दा बढी खेलाडीले खोप लगाएको राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले बताए ।

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुवै डोजको कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ । अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित खेल संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख थापाले जानकारी दिए ।

Logo