चैत्रभित्र सबै नेपालीले खोल पाउने छन्ः उमेश श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्री

चैत्रभित्र सबै नेपालीले खोल पाउने छन्ः उमेश श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्री

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कम खोप लगाएका उमेर समूह र आर्थिक क्षेत्रलाई चलायमान बनाउने क्षेत्रमा खोप उपलब्ध गराउने बताएका छन्।

उनले सरकारले खोप अभियानलाई चुस्त दुरुस्त पार्दै निरन्तर खोप उपलब्ध गराउने समेत बताए।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले अहिले मौज्दात खोप र भुटानबाट आएको सहयोग खोप सहितले ३३ प्रतिशत जनसंख्याले खोप पाउने जानकारी दिए।
त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वले ९७ लाख खोप स्वदेश भित्र्याएको भएपनि ४२ लाख नागरिकले मात्र खोप लगाएको बताए।

देउवा नेतृत्वको सरकार बनेपछि हालसम्म ३३ लाख नागरिकले खोप लगाइसकेको पनि उनले जानकारी दिए।

उनले सरकारले दैनिक १ लाख ५० हजार देखि २ लाख नागरिकलाई खोप लगाउन प्रतिबद्ध रहेको बताए।

त्यस्तै राज्यमन्त्री श्रेष्ठले हालसम्म एक डोज खोप लगाउने नागरिकको संख्या ४५ लाख  (कुल जनसंख्याको १५.५ प्रतिशत) र दुबै डोज खोप लगाउने नागरिकको संख्या २८ लाख (कुल जनसंख्याको ९ं.५ प्रतिशत) रहेको बताए।

Skip This
Skip This
Logo