काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार १७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २५ हजार २२५, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९० संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २८३ पुगेको छ । आज २ हजार ४४० जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १३३ छ ।

आजको पिसिआर परीक्षण १३ हजार ७८१ रहेको छ । आज २३ हजार ५०७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । आज मात्र १९ जनाको मृत्यु भएको छ ।

Skip This
Skip This
Logo