प्लस टु का विद्यार्थीले खोप केन्द्रमा भीडभाड

प्लस टु का विद्यार्थीले खोप केन्द्रमा भीडभाड

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउनेको लर्को लागेको छ । 

शुक्रबारदेखि ४० वर्ष माथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परीक्षार्थीहरुलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो । 

आइतबार पनि विद्यार्थीहरु तथा ४० वर्ष माथिका व्यक्तिहरु खोप लगाउनका लागि लामवद्ध भएका छन् ।

शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडामा खोप केन्द्र सञ्चालन गरिएको छ । यसका साथै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ । 

खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढेसँगै शुक्रबारदेखि विद्यार्थीहरुका लागि खोप उपलब्ध गराइएको हो ।  

 

Logo