बूढानीलकण्ठका मेयर खरेललाई कोरोना पुष्टि

बूढानीलकण्ठका मेयर खरेललाई कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

भट्टटराईका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलले पनि परीक्षण गराएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ ।

नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बसेको प्रवक्ता भट्टराईले जानकारी दिए।रासस

Logo