नेपालमा कोभिड नियन्त्रणका लागि भारत सरकार तयारः राजदूत क्वात्रा

नेपालमा कोभिड नियन्त्रणका लागि भारत सरकार तयारः राजदूत क्वात्रा

केन्द्रबिन्दु
0
Shares

भारत सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । 

बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरे । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताए । उनले भारतले कोभिशिल्ड खोप उपलब्ध गराएको तथा आगामी दिनमा पनि खोप सहयोग गर्ने छ भन्ने विश्वास लिएको बताए ।

भारतीय राजदूत क्वात्राले कोभिड १९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने धारणा राखे । 

राजदूत क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको पनि जनाए । 

Logo