१,७४३ जना संक्रमणमुक्त हुँदा १,८९७ जनामा कोरोना संक्रमित थपिए

१,७४३ जना संक्रमणमुक्त हुँदा १,८९७ जनामा कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा १,७४३ जना संक्रमणमुक्त हुँदा १,८९७ जनामा कोरोना संक्रमित थपिएका छन् । 

११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको तथ्यांक छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । त्यस्तै, ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३० हजार ९७३ जना छन् । यसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा २ हजार ६२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ५१२ जना आईसीयू र १६३ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

Logo