कोरोना संक्रमण : प्रदेश नं. १ मा १८२ नयाँ संक्रमित थपिए

कोरोना संक्रमण : प्रदेश नं. १ मा १८२ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन जनाको कोरोनाबाट मृत्यु र १८२ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा सुनसरीका दुई पुरुष र मोरङकी एक महिला रहेका छन् । यसप्रदेशमा कोरोनाबाट हालसम्ममा ७४ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा ६० महिला र १२२ जना पुरुष रहेका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ९८ जना मध्ये विराटनगरमा ६८, सुनसरीमा ६८, झापामा सात, ताप्लेजुङ र भोजपुरमा एक, एक तथा प्रदेश बाहिरका सात जना रहेका छन् ।

हालसम्ममा यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८० पुगेको छ । विभिन्न स्थानबाट १७४ जना निको भएर घर फर्किएका छन् । यसप्रदेशमा कोरोनाको उपचारपछि घर फर्कनेको सङ्ख्या तीन हजार २७२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९७८ जनासहित एक लाख २४ हजार ७२३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Logo