काठमाडौं उपत्यकामा आज ९०२ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९०२ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ९०२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १९ हजार ५७७, भक्तपुरमा २ हजार १२७ र ललितपुरमा २ हजार ४५९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या २४ हजार १७० पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । आज १ हजार ५५९ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५७ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परिक्षण १२ हजार २०५ रहेको छ । आज २० हजार ८९१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo