स्वास्थ्य मन्त्रालयको अपडेटमा लापरवाहीः गत २४ घण्टा पीसीआर परीक्षण नै छैन !

स्वास्थ्य मन्त्रालयको अपडेटमा लापरवाहीः गत २४ घण्टा पीसीआर परीक्षण नै छैन !


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन कोरोना परीक्षणको अपडेट दिँदै आएको छ । तर गत २४ घण्टाको अपडेटमा भने स्वास्थ्य मन्त्रालयले लापरवाही गरेको पाइएको छ ।

शुक्रवार स्वास्थ्य मन्त्रालयले शुक्रवारसम्ममा पीसीआर विधिबाट ४१ लाख ४६ हजार ७८३ जनाको कोरोना परीक्षण गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर शनिवार सार्वजनिक भएको तथ्याङ्कमा पनि कुनै परिवर्तन देखिँदैन । 

त्यसो त मन्त्रालयले गत २४ घण्टामा ९५३ जनामा कोरोना सङ्क्रमण भएको बताएको छ । जसमा पीसीआर विधिबाट १० हजार ५७९  जनाको परीक्षण भएको बताइएको छ । जसअनुसार आजसम्मको जम्मा पीसीआर विधिबाट भएको परीक्षण ४१ लाख ५३ हजार ८३३ हुनुपर्ने हो । 

स्वास्थ्य मन्त्रालयको सोही गलत तथ्याङ्कको आधारमा अधिकांश नेपाली मिडियाहरूले गलत जानकारी जनतामा पु¥याएका छन् । स्वास्थ्य मन्त्रालयको उक्त त्रुटीलाई गम्भीर लापरवाहीको रूपमा हेरिएको छ ।

 

Logo