६ सय ९ जना कोरोना संक्रमणमुक्त हुँदा ३६५ जनामा संक्रमण पुष्टि

६ सय ९ जना कोरोना संक्रमणमुक्त हुँदा ३६५ जनामा संक्रमण पुष्टि


नेपालमा थप ३ सय ६५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन्, यसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् । 

आज थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ । 

Logo