काठमाडौं उपत्यकामा आज ८०९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ८०९ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ८०९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६३३ , भक्तपुरमा ७२ र ललितपुरमा १०४ जना थपिएका हुन् । शनिबार ७२४ जना थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १७ हजार ४८४, भक्तपुरमा १ हजार ९२२ र ललितपुरमा २ हजार १०१ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या २१ हजार ५१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ । शनिबार ८ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । आज १ हजार ५७३ जना थपिएका छन् । आजको पिसिआर परिक्षण १० हजार १२३ रहेको छ । आज १९ हजार १९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । आज निको हुनेको संख्या ८८५ छ ।

Logo