नेपालमा आज १ हजार ५७३ जना संक्रमित थपिए

नेपालमा आज १ हजार ५७३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । आज १ हजार ५७३ जना थपिएका छन् । आजको पिसिआर परिक्षण १० हजार १२३ रहेको छ । १९ हजार १९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ । शनिबार ८ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । आज निको हुनेको संख्या ८८५ छ ।

Logo