काठमाडौं उपत्यकामा आज ७२४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७२४ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ७२४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५८३ , भक्तपुरमा ६३ र ललितपुरमा ७८ जना थपिएका हुन् ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १६ हजार ८५१, भक्तपुरमा १ हजार ८५० र ललितपुरमा १ हजार ९९७ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या २० हजार ७०८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । आज १ हजार २०७ जना थपिएका छन् । आजको पिसिआर परिक्षण १० हजार १९ रहेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १४७ छ ।

Logo