काठमाडौं उपत्यकामा आज १५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १५४ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १५४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ९००, भक्तपुरमा ९ हजार १८० र ललितपुरका १५ हजार ९४२ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ३० जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ जना पुगेको छ । आज ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ४८ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ८५८ जनाको परीक्षण गरिएको छ।

Logo