अल्काअस्पतालद्धारा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै

अल्काअस्पतालद्धारा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै

केन्द्रबिन्दु
0
Shares

अल्काअस्पतालले बाथरोग सम्बन्धि ९ दिनसम्म निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्ने भएको छ । जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुष १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्कबाथरोग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । 

बाथरोग सम्बन्धिबिशेषज्ञ डाक्टरद्धय जीवनपौडेल र अभिलाशा शाहले हरेक दिन सय जना विरामीहरुलाई जाँच गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा निःशुल्क औषधिवितरण गरिने अस्पतालले जनाएको छ । 

निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याव जाँच पनि निशुल्क गरिन लागिएकाअस्पतालका सिओओ दीपेन्द्र पोखरेलले जानकारी दिए ।

सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतकाल्यावजाँच डाक्टरको सिफारिसमा निशुल्क गरिने उनले बताए । 

हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामागर्भ समेत तुहिने समस्याभएकाहरु, मांसपेशीदुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरु, शरिरको विभिन्नभागमा रातो तथानिलो दागभएकाहरु, कपालझर्ने समस्याभएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भइ बेस्सरी दुखेकाहरुले शिविरमा आएकालाई निशुल्क परिक्षण गराउन सक्ने वरिष्ठ बाथ रोग विशेषज्ञ जीवन पौडेलले सुझाव दिएका छन् ।

Logo