विद्यालय र कलेजमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने सरकारकाे योजना छः मन्त्री खतिवडा

विद्यालय र कलेजमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने सरकारकाे योजना छः मन्त्री खतिवडा

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताएका छन्।

चावहिलमा रहेको मनास्लु वर्ल्ड कलेजमा बिहीबार आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउन सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन्।

मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए। उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे। कलेजका अध्यक्ष गेहेन्द्र लामाले कितावी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताए। 

कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए।

Skip This
Skip This
Logo