काठमाडौं उपत्यकामा १२३ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १२३ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा १२३ जना कोराेना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९२, भक्तपुरमा १३ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन् ।

गत २४ घण्टाभित्र नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार ९७२ र एन्टिजेन परीक्षणबाट ९६ हजार १८५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २५३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ११ हजार ५१८ पुगेकाे छ।

संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९० रहेकाे छ।

नेपालमा हाल ४ हजार ८६४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख २ हजार ६८७ खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo