नेपालमा आज १० जना संक्रमितको मृत्यु

नेपालमा आज १० जना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । आज १३२५ जना थपिएका छन् । शनिबार १ हजार २०४ जना थपिएका थिए । शुक्रबार २ हजार २० जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । आज निको हुनेको  संख्या ९६६  छ । शनिबार १,४४७ जना निको भएका थिए । शुक्रबार ८७१ जना निको भएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ छ । आजको पिसिआर परिक्षण ९ हजार ५८४ रहेको छ ।

Logo