काठमाडौं उपत्यकामा आज ७११ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७११ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ७११ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५७० , भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना थपिएका हुन् । शुक्रबार ८५९ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १३०१०, भक्तपुरमा १,३५५ र ललितपुरमा १,४८४ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १५,८४९ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४४ हजार २६७ पुगेको छ । आज निको हुनेको १,४४७ संख्या छ । शुक्रबार ८७१ जना निको भएका थिए । विहिबार १,२४३ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १७,१२९ छ । आजको पिसिआर परिक्षण १०,३३३ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शुक्रबार ७ जनाको मृत्यु भएको थियो । बुधबार ८ जनाको मृत्यु भएको थियो । विहिबार ४ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६२,७९७ पुगेको छ । आज १,२०४ जना थपिएका छन् । शुक्रबार २,०२० जना थपिएका थिए । यस्तै विहिबार १,२४६ जना थपिएका थिए ।

Logo