ललितपुरमा आज कोरोनाबाट चार जनाको मृत्यु

ललितपुरमा आज कोरोनाबाट चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुरमा आज कोरोनाबाट चार जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार ललितपुरका विभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको हो।

कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ गरि चार जनाको मृत्यु भएको हो । पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । यता भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको आज मृत्यु भएको छ ।

त्यस्तै असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज मृत्यु भएको हो।

Skip This
Skip This
Logo