नेपालमा २९ दिनमा थपिए १ लाख ७२ हजार २५५ कोरोना संक्रमित (कुन दिन कति थपिए?)

नेपालमा २९ दिनमा थपिए १ लाख ७२ हजार २५५ कोरोना संक्रमित (कुन दिन कति थपिए?)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २९ दिनमा नेपालमा १ लाख ७२ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २९ दिनमा १ लाख ७२ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। साेमबार थपिनेकाे संख्या १ हजार ५७० रहेकाे छ।

दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे। यद्यपी पछिल्लाे केही दिन यता भने संक्रमितकाे संख्या घटिरहेकाे छ।

काठमाडौं उपत्यकामा ४३७ जना कोराेना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ४३७ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ३५०, भक्तपुरमा २८ र ललितपुरमा ५९ जना संक्रमित थपिएका हुन्।

साेमबारकाे अपडेट
पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ वटा नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ७ हजार ८७४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२ जनामा र ३ हजार ४९१ जनामा एन्टिजेन परीक्षण गर्दा ५४८ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ४० हजार १११ रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ।

२९ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।

माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। 

माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते  थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए। 

माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। माघ १५ गते ४ हजार ९०४ जना थपिए। माघ १६ गते ३ हजार ५४० संक्रमित थपिएका थिए। माघ १७ गते थपिनेकाे संख्या ५ हजार २९२ रहेकाे थियाे। माघ १८ गते ५ हजार ५८३ जना थपिए। माघ १९ गते ३ हजार ६३७ संक्रमित थपिएका थिए। माघ २० गते थपिने संक्रमितकाे संख्या ३ हजार १७५ रहेकाे थियाे। माघ २१ गते २ हजार ५२६ जना थपिए। माघ २२ गते १ हजार ७१४ जना थपिएका छन्। माघ २३ गते थपिनेकाे संख्या १ हजार ३८६ रहेकाे छ। माघ २४ गते १ हजार ५७० जना थपिए।

Skip This
Skip This
Logo