नेपालमा गाँजा प्रतिबन्ध छ, यसका फाइदा पनि छन्

नेपालमा गाँजा प्रतिबन्ध छ, यसका फाइदा पनि छन्

केन्द्रबिन्दु
0
Shares

नेपालमा गाँजा प्रतिबन्ध गरिएकाे छ। नेपालमा मात्र हाेइन, विश्वका अन्य देशले पनि यसलाई प्रतिबन्ध लगाएका छन्। कतिपय देशहरूले भने गाँजा प्रतिबन्ध फुकुवा गरेका पनि छन्। खासमा गाँजा वनस्पति भएकाले यसले अरू वनस्पति जस्तै फाइदा पनि दिन्छ। 

दुरूपयाेग गर्ने हाे भने त जे सुकैकाे पनि फाइदाभन्दा बेफाइदा बढी नै हुन्छ। त्यसैले सदुपयाेग गर्ने हाे भने गाँजाले पनि मानिसकाे स्वास्थ्यमा फाइदा दिने विज्ञहरूले बताएका छन् । के छन् त गाँजाका फाइदाहरू ? 

–‘जर्नल अफ सेक्सुअल मेडिसिन’ को रिपोर्ट अनुसार गाँजा नियमित सेवन गर्नेको यौन क्षमता सेवन नगर्नेको तुलनामा बढी हुन्छ।

–गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।

–डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाई’ हुन्छन् । त्यसपछि उनीहरूलाई ‘मुड फ्रेस’ हुन्छ ।

–गाँजाले खानेकुरामा रुची बढाउँछ। एचआईभी एड्स लागेकाहरूलाई खानाको रुची कम हुन्छ, उनीहरूलाई खानाको रुची बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा छ।

–पाचन प्रणाली राम्रो हुन्छ। छारेरोगीलाई पनि फाइदा पुर्याउँछ।

–क्यान्सरमा किमियाेथेरापीपछि हुने वान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रहिआएको छ।

–‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

–शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।

–निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको छ।

–गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ।

–बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा गाँजा प्रयोग हुँदै आएको थियो ।

(नाेटः यति धेरै फाइदा छन्, त्यसैले गाँजा सेवन गर्नु पर्छ भन्ने याे समाचारकाे आसय भने हाेइन)

Logo