वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सुरु

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सुरु


अस्पतालले सोमबारबाट रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु गरेको हो । नेपालमै पहिलोपटक वीर अस्पतालमा निशुल्क सेवा दिन सुरु गरेको हो । वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ ।

सोमबार सेवा सुरु गर्न आयोजना गरिएको एक कार्यक्रममा अस्पतालका हेमाटोलोजीष्ट डा. निरजकुमार सिंहले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए । उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोग सम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने जानकारी दिए ।

त्यस्तै वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रबहादुर बस्नेतले रगत र रगतसँग सम्बन्धित रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए । उनले अबका दिनमा अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा पनि सुचारु गर्ने जानकारी दिए ।

Logo