मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप

मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप


हिमाली जिल्ला मुगुका २८ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिने भएको छ। दुर्गम जिल्ला मुगुमा २८ हजार ७८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने भएको हो। 

नेपाल सरकारले राष्ट्रिय अभियानकै रूपमा देशभर आगामी चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ। 

स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा  जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तर्क्रियात्मक कार्यक्रम आगामी चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म राष्ट्रिय अभियानकै समयमा जिल्लाका १५८ वटा विद्यालयमा जम्मा २१ हजार ११६ विद्यार्थी र ७ हजार ६६७ विद्यालय बाहिरका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय मुगुका ब्यवस्थापक उमेश गौतमले जानकारी दिए। 

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइडविरुद्धको थपेर अबदेखि नियमित खोप दिइने छ। र बाँकी स्वास्थ्य संस्थाहरू गरि जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले जानकारी दिए। 

छायाँनाथ रारा नगरपालिकामा १० हजार,३३४, मुगुम कार्मारोङ्ग गाउँपालिकामा २ हजार ८७ ,सोरु गाउँपालिकामा ८ हजार १९८ र खत्याड गाउँपालिकामा ८ हजार १६४ जना बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने जनाइएको छ। 

Logo