नवलपरासीका सङ्क्रमित पुरुषको बुटवलमा मृत्यु

नवलपरासीका सङ्क्रमित पुरुषको बुटवलमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।रासस

Logo