बालिबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालिबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

केन्द्रबिन्दु
0
Shares

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। दाेस्राे चरणकाे राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएकाे थियाे। आज सकिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएकाे हाे।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारकाे लक्ष्य छ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । अभियान ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेकाे छ।

Logo