डब्ल्यूएचओका महानिर्देशकद्वारा ललितपुरमा खोपकेन्द्रको अवलोकन

डब्ल्यूएचओका महानिर्देशकद्वारा ललितपुरमा खोपकेन्द्रको अवलोकन

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन् ।

खोप केन्द्रबाट अहिले १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ । गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयमा खोपकेन्द्र स्थापना गरी टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । वैशाख १८ गतेसम्म सञ्चालन अभियानमा ७५ लाख बालबालिकालाई समेट्ने सरकारको लक्ष्य छ । 

हुनेछ । त्यस्तै सरकारले खोपकेन्द्रबाट कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको छ । खोपकेन्द्र अवलोकनका क्रममा महानिर्दशक गेब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गरेका थिए ।

भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेब्रेयससले नेपालले कोभिड १९ विरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गरेको जानकारी दिए । महर्जनले ललितपुर महानगर क्षेत्रमा रहेको खोपकेन्द्रको अवलोकन गर्नु आगामी दिनमा नेपाल र ललितपुर महानगरपालिकालाई जनस्वास्थ्यको क्षेत्रमा सहयोगका लागि छलाङ मार्ने अवसर हुने विश्वास व्यक्त गरे ।

मेयर महर्जनले भने, ‘कोभिड १९ पछि हामीले गरेका राम्रा कामको अवलोकन भ्रमण हो यो । यो हाम्रो निमित्त धेरै महत्वपूर्ण छ । उहाँको भ्रमणले पक्कै पनि स्वास्थ्य क्षेत्रमा भविष्यमा छलाङ मार्नेछ । आजको भ्रमणले ललितपुर महानगरपालिका र डब्ल्यूएचओमार्फत नेपाल सरकारले भविष्यमा यस्तो किसिमको कार्यक्रममा थप सहयोग प्राप्त हुनेछ भन्ने मेरो भनाइ रह्यो ।’

मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेब्रेयससले आगामी दिनमा नेपालको जनसवस्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जानकारी दिए । 

Logo