काठमाडौं उपत्यकामा आज ४६४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४६४ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४६४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३९४ , भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना थपिएका हुन् ।

मंगलबार ३९६ जना थपिएका थिए । सोमबार ३२६ जना थपिएका थिए । आइतबार ३५४ जना थपिएका थिए । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ७,६११ , भक्तपुरमा ८१५ र ललितपुरमा १०११ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ९,४४० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । मंगलबार पनि ६ जनाको मृत्यु भएको थियो । सोमबार ११ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ४९,२१९ पुगेको छ । आज १,०८१ जना थपिएका छन् । मंगलबार ९०२ जना थपिएका थिए । सोमबार ९७९ जना थपिएका थिए । आइतबार ९८० जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । आज निको हुनेको संख्या ९१८ जना छ । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आइतबार १,८१४ जना निको भएका थिए । आज ११,१६७ पिसिआर गरिएको थियो ।

Logo