सुन्दरताको घमण्ड नगरौं, ‘यहाँ सौन्दर्यको नभई राम्रो गुणको महत्व हुन्छ’

सुन्दरताको घमण्ड नगरौं, ‘यहाँ सौन्दर्यको नभई राम्रो गुणको महत्व हुन्छ’


काठमाडौं ।

हामीले सुन्दरतालाई होइन मानिसको गुणलाई हेर्नु पर्दछ । केवल सद्गुणद्वारा नै व्यक्तिको वास्तविक पहिचान गर्न सकिन्छ । यस सन्दर्भमा एक लोक कथा प्रचलित छ । कथा अनुसार, धेरै पहिले एक राजा धेरै सुन्दर थिए । यस कारणले, उनी आफ्नो सुन्दर अनुहारमा धेरै गर्व गर्थे । राजाका महामन्त्रीहरू धेरै विद्वान थिए, तर उनीहरू सुन्दर थिएनन् । मन्त्रीको रंग कालो थियो र उनको अनुहारमा धेरै साना दागहरू पनि थिए ।

एक दिन राजा ठट्टाको मुडमा थिए । उनले आफ्नो मन्त्रीलाई भने, तपाईं बुद्धिमान् हुनुहुन्छ तर यदि तपाईं सुन्दर पनि भएको भए राम्रो हुने थियो । मन्त्रीले राजाले आफूलाई जिस्काएको बुझेर भने राजन “रुप रंग त उमेरसँगै नष्ट हुन्छ, एक राम्रो व्यक्तिको पहिचान उसको गुण र ज्ञानबाट चिन्न सकिन्छ ।”
राजाले मन्त्रीलाई भने कि तिमीले भनिरहेको कुरा प्रमाणित गर्न सक्छौ ?

मन्त्रीले भने, “ठीक छ माहाराज, म भोलि यो कुरा प्रमाणित गर्नेछु ।” त्यो गर्मीको समय थियो । त्यसपछि महामन्त्रीले राजासँगै राखिएको माटोको भाँडो हटाएर त्यस ठाउँमा सुनको कलश राखेर त्यसमा पानी भरिदिएर एउटा कपडाले कलशलाई छोपे ।

भोलिपल्ट दरबारमा राजा र सबै दरवारीहरू उपस्थित थिए । दिउँसो गर्मी बढेको थियो, जब राजा तिर्खाए उनले नोकरलाई पानी ल्याउन भने । नोकरले तुरुन्तै कलशमा रहेको उक्त पानी भरेर राजालाई दिए ।

पानी पिउने बितिकै राजा क्रोधित भए । राजाले गर्मीमा तातोपानी दिएको निहुँमा नोकरलाई गाली गरे । नोकर डराएर कलशको कपडा हटाउँदा र त्यहाँ एउटा सुनको कलश राखिएको थियो । त्यहाँ उपस्थित मानिसहरू कलशको सुन्दरताबाट धेरै प्रभावित भए । सबैले कलशको प्रशंसा गरिरहेका थिए, तर राजाको क्रोध शान्त हुन सकेन ।

राजा क्रोधित भएको देखेर ती मन्त्री उनको नजिक पुगेर भने राजन, हिजो मैले भनेको थिएँ ज्ञान र गुणहरु सुन्दरता भन्दा बढी महत्वपूर्ण हुन्छन् । सुनको कलश सुन्दर छ तर यसले पानी चिसो पार्न सक्दैन । जबकि कुरूप कालो भाँडोले पानी चिसो राख्छ, यसैले पिउनको लागि माटोको भाँडो राखिन्छ न कि सुनको कलश ।

एक व्यक्तिको गुणले नै उसलाई उपयोगी बनाउँदछ, कुनै पनि व्यक्तिको सुन्दरता देखेर न्याय गर्नु गलत हुन्छ । अब तपाइँ मलाई बताउनुहोस् कि रुप ठूलो वा गुण र बुद्धि ?

मन्त्रीको कुरा सुनेपछि राजाले आफ्नो सोच गलत भएको महसुस गरेर आफ्नो सुन्दरताको घमण्ड गर्न छोडे ।

Logo