दुई सातापछि मनाङ जिल्ला अस्पताल सञ्चालनमा

दुई सातापछि मनाङ जिल्ला अस्पताल सञ्चालनमा


मनाङ।

मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो ।

भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना सङ्क्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो । सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पताल सिल गरिएको थियो । भदौ १९ गते अस्पतालका प्रमुखको कोभिड–१९ को सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आएको छ ।

स्वास्थ्य प्रमुख लगायत ७३ जनाको नमूना स्वाब सङ्कलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार १९ गते शुक्रबार सबै रिपोर्ट आएपछि अस्पतालबाट सेवा दिन थालिएको छ । जिल्लाको एक मात्र अस्पतालमा सर्व साधारणलाई सेवा प्रवाहमा धेरै असर परेको उनले बताए ।

अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि चार जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला असपतालले जनाएको छ । एक जना चिकित्सकलगायत सात जना करारमा कार्यरत चिकित्सक छन् । चार जना ल्याव टेक्निसियन र नर्स करारमा कार्यरत छन् ।रासस

Logo