चितवनमा थप एक सङ्क्रमितको मृत्यु

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गौलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनलाई भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

तीमध्ये चितवन चार, कैलाली एक, मकवानपुर चार र गोरखाका एक जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो ।रासस

Logo