कस्ता व्यक्तिले खान हुँदैन घ्यू ?

कस्ता व्यक्तिले खान हुँदैन घ्यू ?


घ्यूलाई नेपाली भान्साको निकै लोकप्रिय आहार मानिन्छ । यसलाई धेरै मानिसहरूले आफ्नो दैनिक खानामा समावेश गर्दछन् । यसलाई रोटी, तरकारी दालमा लगाउनुका साथै सिधै खानाका साथ पनि खाइन्छ  । 

घ्यूले मुटुलाई धेरै तरिकाबाट फाइदा पुर्‍याउने सक्छ । खाली पेटमा घ्यू खानुका धेरै फाइदाहरू छन्, किनकि यसले पाचन प्रक्रियालाई सफा गर्छ र कब्जियत हुनबाट बचाउछ ।

घ्यूमा एन्टी एजिङ र मुटुलाई स्वस्थ राख्ने गुण हुन्छ, यसले आँखाको स्वास्थ्यलाई राम्रो बनाउँछ । यसका अलावा घ्यू मस्तिष्क, स्मरणशक्ति र पाचन शक्ति बढाउनुका साथै छालाका लागि पनि लाभदायक हुन्छ । तर, विज्ञहरूका अनुसार घ्यू सबैका लागि फाइदाजनक नहुन सक्छ ।
धेरैलाई घ्यूले हानि पनि गर्न सक्छ ।

कस्ता व्यक्तिले खानु हुँदैन घ्यू ?

१- पाचन र पेटको समस्या हुनेले : हाम्रो पाचन प्रणालीका लागि घ्यू  पचाउन गाह्रो हुन्छ । यदि तपाईलाई अक्सर पाचन र पेटको समस्याले सताउँछ भने घ्यूको सेवन गर्नुहुँदैन । 

२- कलेजोसँग सम्बन्धित रोग लागेकाले : कलेजो र प्लीहाका रोगहरु जस्तै लिभर सिरोसिस, स्प्लेनोमेगाली, हेपाटोमेगाली, हेपाटाइटिस आदिमा घ्यू खानु हुँदैन ।

३- गर्भावस्था भएको समयमा : गर्भावस्थामा घ्यू सेवन गर्दा दोब्बर सावधानी अपनाउनुपर्छ । यदि गर्भावस्थामा तौल धेरै बढ्छ भने घ्यू खानु राम्रो हुँदैन ।

४- मौसम परिवर्तनका कारण आउने ज्वरो : ज्वरोमा खासगरी मौसम परिवर्तनका कारण आउने ज्वरोमा घ्यू खानु उचित मानिदैन ।   

Logo