धरानमा सिरहाका ८४ वर्षीय कोरोना संक्रमितको मृत्यु

धरानमा सिरहाका ८४ वर्षीय कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सिरहा जिल्ला भदैया ६ का गए राति सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

मेडिसिन वार्डमा उपचार गराइरहेका संक्रमितमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएका कारण कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

मृतकमा मिर्गौलाको रोग र लामो समयदेखि डायलासिस गराइरहेका थिए। उनका अनुसार मृतकमा ७ गते कोरोना पुष्टि भएको थियो।

Logo