आज वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

आज वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

पछिल्लो समय कोरोनाको केन्द्र बन्दै आएको वीरगन्जमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला पनि रहेको बताइएको छ । मृत्यु हुने मध्ये वीरगन्ज महानगरपालिका–१२ निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पतालका अनुसार संक्रमित ३७ वर्षीय एक पुरुषलाई गए राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको र उनको काठमाडौं लैजाँदै गर्दा आज बिहान मुग्लिङमा मृत्यु भएको छ ।

यस्तै शुक्रबार साँझ ५ बजे वीरगन्ज–१२ निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ ।

त्यसैगरि वीरगन्ज–१२ का ४३ वर्षीय संक्रमितको गए राति १२ बजे उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ । उनी यस अघि हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी थिए ।

Logo